नेपाल अघिल्लो महिना पनि सोही स्थानमा थियो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत १०६औँ स्थानमा रहँदै पहिलो स्थानमा छ ।
यस्तै माल्दिभ्स १५६ औँ, भुटान १८५ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९५ औँ र श्रीलङ्का २०७औँ स्थानमा छ ।फिफा वरीयताअनुसार कतार विश्वकप जितेको अर्जेन्टिना एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेको छ ।
विश्व कपको क्वाटरफाइनलमा क्रोएसियासँग पराजित ब्राजिल शीर्ष स्थानमा यथावत् छ । यस्तै विश्वकप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।बेल्जियम चौथो स्थानमा झर्दा इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छ । यस्तै नेदरल्यान्ड्स, क्रोएसिया, इटली, पोर्चुगल र स्पेन शीर्ष १० मा छन् ।