विराटनगर । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा बिहीबार बिहान ९ बजेसम्म कुनै उडान हुन सकेको छैन । बाक्लो हुस्सु लागेकाले उडान हुन नसकेको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट नियमित आउने गरेका विमान आउन सकेका छैनन् ।

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिकमात्र होइन बाह्य उडान पन िप्रभावित भएको छ ।

बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

प्रतिकूल मौसमका कारण नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उनले जनाए ।

आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ ।

विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने जनाइएको छ ।

7
Shares
७ पुष २०७९, बिहीबार ०९:०२