प्रतीकात्मक तस्बिर

काडमाडौं । दैलेखमा घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ । बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँटीमा मासु अड्किएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जनाए ।
154
Shares
७ पुष २०७९, बिहीबार ०८:५४