बरामद गरिएको गहुँ १ लाख ८० हजार मूल्य बराबरको छ ।
बोरामा प्याक गर्दै इन्जिनको भाग नभएको ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको थियो ।गहुँको धनी कोही पनि नभेटिएको र गहुँ लोड गरिएको ट्याक्टरको इन्जिनको भागसमेत फेला नपरेका कारण उक्त गहुँ तस्करीको रहेको पुष्टि भएको प्रहरीको भनाइ छ ।
ट्याक्टरको ट्रलीसहित गहुँलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए ।