चितवनदेखि चराउन ल्याइएका मौरीले टोकेर मंगलबार दिउँसो वृद्ध घाइते भएका थिए । उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मौरीले टोकेर कानेपोखरी–५ का ६८ वर्षीय झबर यादव, ३६ वर्षीय मानबहादुर सुनार, २० वर्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घाइते भएको प्रहरीले जनाएको छ ।उनीहरुको रमाइलो हेल्थ केयरमै उपचार गराइएको छ ।
प्रहरीका अनुसार ओमदेव बस्नेत र पशुपति अधिकारीले चितवनदेखि मौरी चराउन कानेपोखरी ल्याएका थिए ।
आवश्यक परेका बेला उपस्थित हुने शर्तमा उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस्नेत र अधिकारीले २२ घार मौरी गाडीमा राखेर चराउन ल्याएका थिए । गाडीबाट निकाल्ने क्रममा एउटा घार भुइँमा खसेर फुटेको थियो । घार फुटेपछि बिच्किएका मौरीले स्थानीयलाई टोकेको प्रहरीले जनाएको छ ।