स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सोमबार साँझ सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको हो ।
व्यापार व्यवसाय सञ्चालन हुँदै आएको बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर स्काभेटर लगाएर भत्काइएको गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल राईले जानकारी दिए ।