प्रतिवेदनअनुसार आर्थिक वर्ष २०१९/०२० मा ६५८ श्रमिकको मृत्यु भएको थियो । २०२०/०२१ मा एक हजार ११८ जनाको मृत्यु भएको थियो भने २०२१/०२२ मा एक हजार ३९५ पुगेको छ ।
विदेशमा ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका छन् । तीन वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् ।दोस्रोमा प्रदेश १ छ । यो प्रदेशका तीन वर्षमा प्रदेश एकका ७ सय ९ जना श्रमिकले ज्यान गुमाएको तथ्यांक छ । अवधिमा लुम्बिनी प्रदेशका ६ सय ६८ र गण्डकी प्रदेशका ४ सय ७८ श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।
यस्तै वाग्मती प्रदेशका ४ सय ९, कर्णाली प्रदेशका एक सय १० र सुदूरपश्चिम प्रदेशका ६५ श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएको प्रतिवेदनले देखाएको छ ।वैदेशिक रोजगारीमा धेरै जाने प्रदेशमा पनि मधेश पहिलो नम्बरमा पर्छ । गएको तीन वर्षमा जम्मा वैदेशिक रोजगारीमा गएकामध्ये मधेशबाट मात्रै २८.६८ प्रतिशत छन् ।
प्रदेश १ बाट २०.२४ र लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
वाग्मती प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमा १५.४८ प्रतिशत, गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत छन् । यस्तै कर्णाली प्रदेशबाट ३.८५ र सुदूरपश्चिम प्रदेशबाट २.७३ प्रतिशत छन् ।