विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो पालिकामा दर्ता नभएका सिटी सफारीहरु चलाउन मनाही गरेको छ ।
दर्ता गरेपछि सञ्चालनको अनुमति दिइने महानगरले जनाएको छ । दर्ता गरेपछि हरेक वर्ष कर पनि तिर्नुपर्ने नियम बनाइएको छ ।नगर प्रहरीका इस्सपेक्टर राजन पौडेलका अनुसार दर्ता नभएका, रातिका लागि बत्ती नभएका, ठिक हालतमा नभएका सिटी सफारी सञ्चलन गरे ३ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।
महानगरमा सञ्चालितमध्ये हाल ११ सय सिटी सफारीमात्र दर्ता भएका छन् । महानगरकै चालक भए महानगरमा तथा अर्को पालिकाका भए सम्बन्धित पालिकामा दर्ता गर्नुपर्ने जनाइएको छ ।नियम र मापदण्डविपरीत चलेका २१ वटा सिटी सफारी चालकलाई आइतबार जरिवाना गरिएको छ ।
(प्रशिक्षार्थी)