स्थापना दिवसको अवसरमा राजवंशी लोकनृत्य, गीत सङ्गीत र जातीय पहिचान झल्काउने परम्परागत खानाकाे प्रदर्शनी गरिने रासविस मोरङ जिल्ला अध्यक्ष रमेशकुमार राजवंशीले बताए ।
राजवंशी जातीको शान्ति र एकताको कामना गर्दै उक्त दिन एक सय एघार दीप प्रज्वलन गरि भेरुवाथान देवस्थलको परम्परागत रुपमा पूजा अर्चना समेत गरिने अध्यक्ष राजवंशीले जानकारी गराए ।कार्यक्रममा राजवंशी समाजका वृद्धवृद्धालाई सम्मान गरिने, शान्तिको प्रतिक परेवा उडाइने र परम्परागत खानाकाे परिकार ‘गाजी मुरी’ खुवाइने बताइएकाे छ ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समेत उपस्थित रहने आयोजकले बताएकाे छ ।