अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मंसिर महिनाको तलब पाउन सकेका छैनन् ।
कर्मचारी र चिकित्सकहरुले आइतबार बिहान १ घण्टा अस्पताल परिसरमा धर्ना दिएका थिए ।विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीलगायतलाई करारमा नियुक्त गरेको थियो । समितिको बैठक बस्न नसक्दा उनीहरूको करार अवधि थप हुन सकेको छैन।
अस्पतालका डा. रोशन खड्काले दुई महिनासम्म तलब नपाएपछि दबाव दिन आन्दोलनमा उत्रिएको बताएका छन् ।चिकित्सक र कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । यस्तै, मंगलबार अस्पताल परिसरमा बिरामीको उपचार गरिने भएको छ ।