स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटलले सातौं वार्षिकोत्सव मनाउने क्रममा निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गर्ने भएको हो ।
पुस १० गते अस्पताल परिसरमा शिविर आयोजना हुने जनाइएको छ । उक्त दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने अस्पतालका मार्केटिङ मेनेजर सञ्जीव कोइरालाले बताए ।शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुःखाई, घुँडा, जोर्नीहरु दुख्ने, गर्धन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स जस्ता समस्याको परीक्षण गरिने भएको हो ।
यसैगरी, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिगएको, स्पोर्टस इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य समस्याहरुको परीक्षण र प्रारम्भिक उपचार हुने जनाइएको छ ।परीक्षण र प्रारम्भिक उपचारपछि बिरामीहरुलाई औषधि पनि निःशुल्क दिइने कोइरालाले बताए ।
उक्त अस्पतालले दुर्गम क्षेत्रका तथा ६० वर्ष माथिका बिरामीहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने जनाएको छ ।
यसैगरी, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नुपर्ने विरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
वार्षिकत्सवको अवसर पारेर रक्तदान पुस १० गते रक्तदान कार्यक्रम पनि राखिएको कोइरालाले बताए ।