खेल सुरु भएको १०औँ मिनटमा आइपुग्दा दुवै टिमले एक–एक गोल गरेका छन् । कतारको खालिफा स्टेडियममा यी दुई टिमबीच खेल भइरहेको छ ।
मोरक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।
क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।विश्वकपको उपाधिको लागि भोलि आइतबार राति फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।