विराटनगर । विराटनगरमा सञ्चालित क्युएफएक्स सिनेमाजले बिहीबार (आज) आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

जय नेपाल हललाई आधुनिकीकरण गर्दै सन् २००२ बाट सुरु भएको क्युएफएक्सको यात्रा विराटनगरमा सन् २०१९ बाट सुरु भएको थियो । सञ्चालनमा आएको तीन वर्ष पूरा भएको अवसरमा क्युएफएक्सले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

क्युएफएक्सले तेस्रो वार्षिकोत्सवको अवसरमा गत मंसिर ९ गते मानव सेवा आश्रमका वृद्धवृद्धा र बाल आश्रमका बालबालिकालाई निःशुल्क चलचित्र समेत देखाएको थियो ।

नेपाली दर्शकलाई परम्परागत सिनेमा हलको अभ्यासबाट नयाँ र आकर्षक सिनेमाको अनुभुती गराइरहेको क्युएफएक्सले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व पनि निभाउँदै आइरहेको छ ।

क्युएफएक्स विराटनगर २

तेस्रो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रसको सहयोगमा क्युएफएक्स रहेको भाटभटेनीको ग्राउन्ड फ्लोरमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्युएफएक्सका ड्युटी म्यानेजर साजन बज्राचार्यले बताए ।

क्युएफएक्स विराटनगर १

समयमा रगत नपाउँदा कतिपयले आफ्नो जिवन गुमाउनु परेको अवस्थालाई मध्य नजर गर्दै क्युएफएक्सले आफ्नो वार्षिकोत्सवको अवसर पारी रक्तदान जस्तो सामाजिक कार्य गर्नु सराहनीय रहेको भन्दै भाटभटेनी सुपरमार्केट विराटनगरका म्यानेजर पर्शुराम तिमल्सिनाले प्रशंसा गरे ।

भाटभटेनी सुपरमार्केट आफैले पनि समय–समयमा सामाजिक कार्य गरिरहेको जानकारी दिँदै क्युएफएक्सले गर्ने हरेका सामाजिक कार्यमा भाटभटेनीको साथ रहेको तिमल्सिनाले बताएका छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा क्युएफएक्सले भाटभटेनी, क्युएफएक्सका कर्मचारी तथा इच्छुक सर्वसाधारणबाट ३७ पिन्ट रगत संकलन गरेको छ ।

वार्षिकाेत्सवकाे अवसरमा क्युएफएक्स विराटनगरले आज दिनभरीकाे टिकट मुल्य एक सय ५० निर्धारण गरेकाे छ । सँगै टिकट खरिद गर्ने हरेक दर्शकलाई क्युएफएक्सले निःशुल्क पपकर्न उपलब्ध गराइरहेकाे छ ।

क्युएफएक्स विराटनगर  ३

56
Shares
२९ मंसिर २०७९, बिहीबार १५:०८