काठमाडौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । आफन्तका छोराको व्रतबन्ध कार्यक्रममा सहभागी भएर फर्किरहेकाहरु चढेको बस दुर्घटना भएको हो ।

बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले बताए ।

काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

१४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

476
Shares
२७ मंसिर २०७९, मंगलवार २०:५९