काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) सरकारमा सहभागी हुने भएको छ ।

निर्वाचनअघि देखि नै सत्ता गठबन्धनमा रहेकाले त्यसैकाे निरन्तरता स्वरूप लाेसपा सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । यस विषयमा पार्टीका शीर्ष नेताहररूबीच छलफल भइसकेकाे उनले बताएका छन् ।

‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ’ उनले भने, ‘यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता  झाका अनुसार पार्टीका संविधान संशोधन लगायतका मुद्दा भने कायम छन् ।

निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए ।

21
Shares
२७ मंसिर २०७९, मंगलवार १५:५१