काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको मंगलबार हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया आमनेसामने हुँदैछन्।

लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना अनि लुका मोड्रिचको कप्तानीमा क्रोएसियाबीच हुने खेल राति १२ः४५ बजे दोहाको लुसेल रंगशालामा हुनेछ ।

यसअघि दुईपटक विश्व विजेता बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ।

क्रोएसिया यसअघिको विश्वकपको उपविजेता हो। क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।

उपाधि दाबेदारका रुपमा यी दुई टिममध्ये नेपालमा अर्जेन्टिनाका समर्थक बढी छन् । पछिल्लो समय क्रोएसियाको समर्थनमा पनि फुटबलप्रेमीहरु देखिएका छन् । दुई टिममध्ये कुन फाइनल पुग्ला भन्ने उत्सुकता सबैमा देखिएको छ ।

84
Shares
२७ मंसिर २०७९, मंगलवार १३:३७