काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ ।

हालै सम्पन्न ४८औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघले परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र निःशुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिन अनुराेध समेत गरेकाे छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको मुलुककै प्रतिष्ठित विश्वविद्यालयबाट पटक पटक यस्ता गल्ति हुनु / दोहोरिनु त्रिवि र नेपालको शैक्षिक निकाय प्रति विद्यार्थीहरुको विश्वास र भरोसा घट्दै जानुको मुख्य कारण रहेकाे नेवि संघले बताएकाे छ । साथै, भावी दिनमा विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्याउन नेवि संघले त्रिविलाई सचेत समेत गराएकाे छ ।

हेर्नुहाेस् विज्ञप्ति

नेवि संघकाे प्रेस विज्ञप्ति

21
Shares
२६ मंसिर २०७९, सोमबार १४:५८