थाइल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ्ग राउण्ड पार गर्दै उनी तेस्रो बनेका हुन्।
दुई भारतीय, एक थाई र बहराइनका खेलाडीसँंगै फाइनलका लागि चयन भएका प्रज्वल भारत र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका थिए । यस तौल समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए ।४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले आइतबार प्रतिस्पर्धा गर्ने छिन् । संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ छन् ।