केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।
चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।बोर्डले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।
काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्स हलहरुले मिडिया हबसँगकाे सहमति अनुसार आजबाट हुने क्वाटरफाइनलका खेलहरु देखाउने बताएका थिए ।