काठमाडौं । मोबाइल, मदिरा, गाडी र मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध सरकारले फुकुवा गरेको छ । आगामी पुसदेखि लागू हुने गरी मंगलबारको मन्त्रिपरिषद बैठकले ती वस्तुमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गर्दै मन्त्री बडूले मंसिर २९ पछि आयात खुल्ने जनाए ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।

तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसी माथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।
84
Shares
२० मंसिर २०७९, मंगलवार १९:३८