सांकेतिक तस्बिर ।

विराटनगर । हात्तीले आक्रमण गर्दा मोरङको सुन्दरहरैँचामा वृद्धको मंगलबार मृत्यु भएको छ ।

हात्ती आक्रमणमा परी स्थानीय ७३ वर्षीय जयप्रसाद बाँस्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी श्रीमती जानुकासँग घाँस काट्न जंगलमा गएका थिए ।

मुनालझोडा सामुदायिक वनभित्र घाँस काट्दै गर्दा जंगली हात्ती आएको थियो । भाग्ने क्रममा उनी लडेका थिए । त्यही क्रममा हात्तीले उनीमाथि आक्रमण गरेको थियो ।

श्रीमती जानुकाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनले नजिकै गाउँ पुगेर घटनाबारे जानकारी गराएकी थिइन् ।

गाउँले आएर खोजी गर्दा जयप्रसाद मृत अवस्थामा फेला परेका थिए ।

जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोटपटक पाइएको छ ।

707
Shares
२० मंसिर २०७९, मंगलवार १३:५८