काठमाडौ. । सन् २०२२ का लागि विश्वभरिबाट सयजना ‘प्रेरणादयी र प्रभावशाली’ महिलाको सूची सार्वजनिक बीबीसीले गरेको छ ।

उक्त सूचीमा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा जोनस पनि परेकी छन् ।

सूचीमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत समेटिएका छन् ।

यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ ।

बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो ।

अन्तिम नाम सार्वजनिक गर्नुअघि सूची तयार पार्दा क्षेत्रीय प्रतिनिधित्वको सन्तुलनका साथै उपयुक्त निष्पक्षताको आधारलाई पनि ध्यानमा राखिएको बीबीसीले जनाएको छ ।

14
Shares
२० मंसिर २०७९, मंगलवार १२:५४