विराटनगर । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एकजना पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ । दुर्घटनामा चोटपटक नलागेका रंगेली–३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको हो ।

उनले चलाएको प्रदेश १–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८ः३० बजेतिर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपनि चालक पौडेलको अवस्था सामान्य थियो । बाहिरी चोटसमेत नदेखिएका उनी राति ९ बजेतिर आफैँ घरमा पुगेर सुतेका थिए ।

सुतेकै अवस्थामा भोलिपल्ट बिहान ७ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ ।

14
Shares
२० मंसिर २०७९, मंगलवार १२:२०