आइतबार २.१६ अंकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्समा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख बढीको कारोबार भएको छ ।यस्तै एक ८९ कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । एक ८१ कम्पनी ओरालो लागेको र ४ कम्पनी स्थिर रहेका छन् ।
सोमबार सबै उपसूचकहरु राताम्मै भएका छन् । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्स २ प्रतिशत बढिले ओरालो लागेको छ ।