२०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध गराइने टेलिकमले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यसैगरी ५०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र १००० रुपैयाँ को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस दिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।यस्तो सुविधा मंसिर २० गते मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।