कतारमा जारी विश्वकपमा उनी सबैभन्दा बढी गोलकर्ता बन्दै शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई–दुई गोल गरेका थिए भने अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए ।
स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् ।कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । समापनका बेला सर्वाधिक गोल गर्ने खेलाडीले ‘गोल्डेन बुट अवार्ड’ प्राप्त गर्नेछन् ।