कब्जियत, अपच र खराब पाचनजस्ता पेटसम्बन्धी समस्याका कारण मानिसले पेट सफा गर्न पटक–पटक शौचालय जानुपर्छ । बारम्बार शौचालय जाँदा वा पेट सफा गर्न धेरै कन्नुपर्दा गुदद्वारलाई हानि पुग्न सक्छ । यही कारण कब्जियतबाट पीडित धेरैलाई पेट सफा गर्दा दिसामा रगतको समस्या देखिने गर्छ ।
पेटमा कब्जियतको समस्या गम्भीर छ भने यस्तो अवस्थाका व्यक्तिलाई चिकित्सककहाँ जान सल्लाह दिइन्छ । तर यदि जे पायो त्यही खाना खाँदा, केही मसालेदार खाना खाँदा, पेटमा ग्यास भरिँदा यस्तो समस्या देखिन्छ भने केही घरेलु उपायको मद्दतले तपाईं बिहान निकै सजिलै आफ्नो पेट सफा गर्न सक्नुहुन्छ ।यहाँ हामी तपाईंलाई बिहान दिसा गर्न सजिलो हुने र राम्रोसँग पेट सफा गर्ने पाँच तरिकाबारे जानकारी दिँदै छौँ ।
तातो पानी पिउनुहोस्बिहान उठ्नासाथ १ गिलास मनतातो पानी पिउनुभयो भने दिसा गर्न सजिलो बनाउँछ । यसका अन्य थुप्रै स्वास्थ्य लाभसमेत छन् । यसो गर्दा पाचनमा सुधार आउँछ, ग्यास–कब्जियतलाई हटाउँछ । तपाईंलाई मनपर्छ भने बिहान मनतातो पानीमा मह मिसाएर पिउन सक्नुहुन्छ, यसले स्वास्थ्यलाई अद्भूत फाइदा प्रदान गर्छ ।
जीरा पानी पिउनुहोस्
बिहान खाली पेटमा २५० मिलिलिटर पानीमा १ चम्चा जीरा उमालेर छानेर पिउनाले कब्जियतबाट राहत मिल्छ र दिसा गर्न सहज हुन्छ । यसले बिहान पेट सफा गर्न पनि मद्दत गर्छ ।
हर्बल चिया
यदि तपाईंले बिहान खाली पेटमा पुदिना, अदुवा, ग्रीन टी, सौफ, ज्वानो वा दालचिनी आदिको चिया सेवन गर्नुभयो भने पेट सफा गर्न यसले निकै फाइदा पुर्याउँछ । तपाईं चाहनुहुन्छ भने आफ्नो चियामा २–३ सामग्री हालेरसमेत पिउन सक्नुहुन्छ । मह र कागतीको रस मिसाएर पिउँदा पनि अत्यधिक फाइदा मिल्छ ।
ज्वानो पानी पिउनुहोस्
आधा चम्चा ज्वानोलाई २००-२५० एमएल पानीमा उमालेर छानेर मह वा गुड मिसाएर सेवन गर्नुहोस् । यसले कब्जियत हटाउँछ र पेट सफा गर्न मद्दत गर्छ ।
एप्पल साइडर भिनेगरको सेवन
बिहान उठेपछि मनतातो पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर सेवन गर्नुहोस् । यो कब्जियतको समस्याका लागि एउटा धेरै प्रभावकारी घरेलु उपाय हो । यसले पेटमा ग्यास र अपचको समस्यालाई हटाएर पाचन शक्तिलाई बलियो बनाउँछ । यसले तपाईंलाई दिसा गर्न र पेट सफा गर्न धेरै मद्दत गर्नेछ ।
(यो जानकारीमूलक लेख विभिन्न प्रयोग र अनुसन्धानपछि प्रकाशित विज्ञहरुको रिपोर्टका आधारमा तयार पारिएको हो ।)