मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङबाट फिदिमको रणशेर गण जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको गाडी दुर्घटना भएको हो ।उक्त गाडी कार्यस्थल परिवर्तन भएका सेनाको टोलीलाई लिएर जाँदै गरेको थियो । गाडी अनियन्त्रित भएर सडकबाट लगभग १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सिकिस्त घाइतेहरुलाई नेपाली सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि सुविधासम्पन्न स्वास्थ्य संस्थामा पठाइएको छ । अरु घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।