काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ को गीत ‘आई लभ यू’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीले गाएको उक्त गीतमा चलचित्रका नायक निशान चौहान र नायिका पुनम थापाले रोमान्सन गरेका छन् । चलचित्रको रोमान्टिक गीतको दृष्य निर्माण पनि उक्तिकै अब्बल छ ।

राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तानको कोरियोग्राफी रहेको गीत युट्युब च्यानल पर्फर्मिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगरको निर्देशन रहेको चलचित्रको प्रमुख भूमिकामा नयाँ कलाकार निशान चौहान र पुनम थापाका साथै स्थापित कलाकारहरु रहेका छन् ।

चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको निर्देशक एक्चै मगरले बताए । केही दिन अघि सार्वजनिक भएको डेसानको ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

मंसिर २३ देखि यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदै छ । पर्फर्मिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचामगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

21
Shares
१७ मंसिर २०७९, शनिबार १५:३२