उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा बालिकाको जन्म भएको हो । आमा सामान्य तरिकाले सुत्केरी नभएर शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो ।
बालिकाका अभिभावकको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र दुवै पूर्ण रूपमा स्वस्थ छन् । गर्भावस्थाको समयमा, आमा कुनै पनि प्रकारको विकिरण वा संक्रमणको सम्पर्कमा आएकी थिइनन् । उनीहरुका पहिले नै एक छोरा छन्, उनले सामान्य जीवन बिताइरहेका छन् ।तथ्यांकअनुसार हालसम्म संसारमै यस्तो घटना ४० वटा भएको पाइएको छ । बालिकाको पुच्छर चिकित्सकहरुले शल्यक्रिया गरी निकालिसकेका छन् । उनी पूर्ण रुपमा स्वस्थ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘जर्नल अफ पेडियाट्रिक सर्जरी’ मा प्रकाशित यो केस रिपोर्ट अनुसार जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो ।डाक्टरहरूले बच्चा जन्मेपछि दुई महिनासम्म निगरानी गरेका थिए । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए । तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।
डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाएका थिए ।
त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय गरिएको थियो । शल्यक्रियामा पुच्छरलाई ‘लिम्बर्ग प्लास्टी’ गरेर शरीरबाट हटाइएको थियो ।
हालसम्म विश्वभर यस्ता ४० वटा घटना भेटिएको छ । यसअघि सन् २०२१ मा ब्राजिलमा पुच्छर भएको बच्चाको जन्म भएको थियो ।