विराटनगर । दुईजना युवतीको संघर्षको कथामा बुनिएको फिल्म ‘पासो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । अरु फिल्म रिलिज मितिसँग नजुधेकाले देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।

अपहरणपछि दुईजना युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथा यो फिल्ममा छ ।

रिस्ता बस्नेत र सुनिशा बजगाइँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ रहेको फिल्म आरबी पुनले निर्देशन गरेका हुन् ।

कथा, पटकथा, संवाद समेतको निर्देशन आरबीकै छ भने कार्यकारी निर्माताका रुपमा कुमार राउत छन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको सूर्य दयालुको संगीत, उत्तम हुमागाइँको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । फिल्म बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

21
Shares
१६ मंसिर २०७९, शुक्रबार १४:१६