बाजुरा । निर्वाचन सम्पन्न भएको १२औं दिनमा थालिएको बाजुराको मतगणना पुनः रोकिएको छ ।

मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मत गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो ।

मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् ।

बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।
105
Shares
१६ मंसिर २०७९, शुक्रबार १२:१७