२०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका उनी ०७४ मा पराजित भएका थिए । एमालेको समर्थनमा राई २३ वर्षपछि प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा आएका छन् ।
उनी ०४८ मा खोटाङ ३ र २०५१ मा खोटाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका छन् ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२ मत ल्याए ।