विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश १ ले पत्रकार सम्मेलन गरी मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।
विराटनगरमा शनिबार (हिजाे) सम्पन्न कार्यक्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवकुमार प्रधानले मतदाता, सहयाेगी, लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।माेरङ ६ का १५ प्रत्याशीमध्ये ९ हजार १ सय ४० मतसहित प्रधान तेस्राे भए । यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला ३५ हजार २ सय २४ मत प्राप्त गरी विजयी भएका छन् ।
राजनीतिमा नयाँ भए पनि निर्वाचनमा पाएकाे मतले उनी सन्तुष्ट देखिएका छन् ।‘पार्टी नयाँ भएका कारण समय थाेरै, चुनाैती धेरै थिए तर मतदाताका विश्वास पाउन सकेकाेमा सन्तुष्ट छाैँ’ धन्यवाद ज्ञापन गर्दै उनले भने, ‘सञ्चारमाध्यमले पनि हामीलाई राम्राे स्थान दिएकाे छ, कार्यालय स्थापना गरेकाे घरधनीले पनि भाँडा नलिएर सहयाेग गर्नु भएकाे छ । यस्ता थुप्रै महत्वपूर्ण साथ पाएका छाैँ । परिवर्तनका लागि सबैले देखाउनु भएकाे सद्भावका लागि विशेष धन्यवाद दिन चाहन्छाैँ ।’
चुनावी खर्च विवरण एक हप्ताभित्र सार्वजनिक गर्ने प्रधानले प्रतिबद्धता जनाएका छन् । ‘चुनावमा हाम्राे खर्च ३ लाख ५० हजारको हाराहारीमा छ’ उनले भने, ‘साथीभाइ तथा आमजनताबाट पाएकाे सहयाेग रकम प्रचारप्रसारमा खर्च भएका छन्, यी सबैकाे हिसाब देखाउँछाैँ ।’
(प्रशिक्षार्थी)