सुरुवाती गणनादेखि नै खतिवडा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बूभन्दा अघि छन् । केही मतले अघिपछि हुने क्रम पनि यसबीचमा जारी रह्यो ।
पछिल्लो मतपरिणाम अनुसार खतिवडा कांग्रेसका लिम्बूभन्दा ५५ मतले अगाडि छन् । खतिवडाले २२ हजार ७९८ मत प्राप्त गरेका छन् । २२ हजार ७४३ मतका साथमा लिम्बूले पछ्याइरहेका छन् ।करिब १० हजार मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट खतिवडासँग लिम्बू पराजित भएका थिए ।