लिम्बूले १९ हजार ७४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका दिलिपकुमार राईले १४ हजार ८१७ मत प्राप्त गरेका छन् ।
कांग्रेसबाट उम्मेदवारी दिएका प्रदेश १ वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि उनका ठाउँमा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । राई पथरीशनिश्चरे नगरपालिकाका पूर्वमेयर हुन् ।उक्त क्षेत्रमा राप्रपाका तीर्थबहादुर गुरुङले ७ हजार १९० मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा ४७ हजार ३५० मत खसेकोमध्ये ४५ हजार ५ सय ८७ सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । १ हजार ७६३ मत बदर भएको छ ।त्यस्तै ३ को ‘ख’ बाट निर्वाचित एमालेका सुवेदीले १७ हजार ४२८ मत प्राप्त गरे । सुवेदी बेलबारी नगरपालिकाका पूर्वमेयर हुन् । प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ १५ हजार ३५८ मत ल्याए ।
उक्त क्षेत्रबाट राप्रपाका रमेश रिजालले १० हजार १२६ मत पाएका छन् । उक्त क्षेत्रमा खसेको ४९ हजार ७४१ मतमध्ये ४७ हजार ८६५ सदर भएको छ ।