काठमाडौं । चुनावअघि नेकपा (एमाले) परित्याग गरेर रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाए पनि उनी एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन् । भुसाल विश्वकर्मासँग ३ हजार ५ सय ६४ मतले पछि परे ।

भुसाल २०७४ सालको निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार विश्वकर्माले २४ हजार ८७२ मत ल्याएका छन् । भुसालले २१ हजार ३०८ मत पाएका छन् ।

भुसाल एमाले स्थायी कमिटी सदस्य थिए । उनी पार्टीमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा चर्चित थिए ।

चुनावको समयमा पार्टीभित्र असन्तुष्टि चुलिएपछि एमाले परित्याग गरेका थिए ।

21
Shares
१० मंसिर २०७९, शनिबार ०८:३६