काठमाडौँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव उद्घाटन भएको हो। भारतकी प्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी छन्।
महोत्सवमा १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शलगायतका कार्यक्रम हुनेछन्। महोत्सवमा विश्वभरबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ।कार्यक्रममा बोल्दै अभिनेता अनुप बरालले पछिल्लो समय नाटकमा अभिनय गर्नेहरु सहजै पाउने गरे पनि लेखक पाउन मुस्किल रहेको बताए। उनले नाट्य लेखनमा उदासिनता र शून्यता आएको बताए।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।