विराटनगर । संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । नेकपा एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।

खड्काले ३२ हजार १५८ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका गौतमले २६ हजार ७१९ मत ल्याएका छन् ।

१ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो।

खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन्। २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए।

14
Shares
९ मंसिर २०७९, शुक्रबार १७:४४