विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले अग्रतालाई कायम राखेको छ ।

प्रतिनिधि सभातर्फ एमाले उम्मेदवार ऋषिकेश पोख्रेल ३१ हजार ३६४ मतसहित अगाडि रहेका हुन् । नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३० हजार २०२ मतसहित पोख्रेललाई पछ्याइरहेकी छन् ।

पोख्रेलभन्दा कोइराला १ हजार १६२ मतले पछि परेकी छिन् । हालसम्म ७५ हजार ६३० मत गणना भइसकेको छ । मंसिर ४ गतेको निर्वाचनमा ८० हजार ४०३ मत खसेको थियो ।
91
Shares
९ मंसिर २०७९, शुक्रबार १७:३३