विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो पाँचथरबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

माओवादी केन्द्रका नेता उनी पाँचथरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ बाट विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतले उनले पराजित गरेका छन् ।

आङ्बोले १५ हजार ६७२ मत प्राप्त गरे भने नेम्वाङले १२ हजार ६०५ मत प्राप्त गरेका छन् ।

21
Shares
८ मंसिर २०७९, बिहीबार ०७:४९