देशभरका १२७ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसले १३ स्थानमा जित हासिल गरेको छ । नेकपा (एमाले) ले का पाँचजना उम्मेदवार विजयी बनेका छन् ।
कांग्रेसले ४३ स्थानमा अग्रता कायम राखेको छ भने एमाले ३८ सिटमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित हासिल गर्दै ४ स्थानमा अग्रता कायम गरिरहेको छ ।माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई स्थानमा जित हासिल गरेको छ भने सात स्थानमा अग्रता कायम गरेको छ । नागरिक उन्मुक्ति पार्टी एक स्थानमा जित हासिल गर्दै थप एक स्थानमा अग्रता लिइरहेको छ ।
राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेको छ । अन्य पार्टी ९ स्थानमा अग्रता कायम गरेर अघि बढिरहेका छन् भने जसपाले ४ स्थानमा अग्रता कायम गरेको छ ।