काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा परिवर्तनकाे सुरुवात भइसकेको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् । अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताउदै गौतमले अहिले भइरहेको प्रदेश संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता औल्याएकी छिन् ।

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्न लायक काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

21
Shares
७ मंसिर २०७९, बुधबार १४:०२