विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले प्रतिस्पर्धीसँगको मत अन्तर बढाएका छन् । उनी एमालेका लालबाबु पण्डितभन्दा अघि छन् ।

पछिल्लो मत परिणामअनुसार कोइरालाले ११ हजार ११३ मत प्राप्त गरेका छन् । पण्डितले ६ हजार ९५० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा खसेकोमध्ये हालसम्म २८ हजार ९६ मत गणना भइसकेको छ ।

प्रदेशसभा सदस्यतर्फ उक्त क्षेत्रमा एमालेकी रिता न्यौपानेले अग्रता लिएकी छन् । उनले ९ हजार ९३४ मत पाएकी छन् भने माओवादीका जीवन आचार्यले ९ हजार ५८ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा २८ हजार १९४ मत गणना हुँदा १ हजार ४११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
189
Shares
७ मंसिर २०७९, बुधबार १२:०८