मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ६२४३ मत प्राप्त गरेका छन् भने कांग्रेसका डिगबहादुर लिम्बूले ५६३१ पाएका छन् ।
मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले ८७३९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सुजाता कोइरालाले ८५३९ मत पाएकी छन् ।यसैगरी मोरङ ३ मा कांग्रेसका सुनील शर्माले १०७९५ मत पाएका छन् । यो क्षेत्रमा एमालेका भानुभक्त ढकाल ६४८८ मत प्राप्त गरेका छन् ।
मोरङ ४ मा माओवादीका अमनलाल मोदीले १५८०९ मत पाउँदा एमालेका विनोद ढकालले ८८५८ मत ल्याएका छन् ।यस्तै, मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले १२०३५ मत पाएका छन् । यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले ९११९ मत प्राप्त गरेका छन् ।
मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइरालाले ९६८६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने एमालेका लालबाबु पण्डितले ८०२७ मत पाएका छन् ।