एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । समानुपातिकतर्फ कांग्रेस भन्दा बढी मत पाइरहेको नेकपा एमाले प्रत्यक्षतर्फ भने कांग्रेसभन्दा केही पछाडि देखिएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ ।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु किनै पछि परेका छन् ।
हालसम्म को को विजयी भए ?नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर रायमाझी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
नेकपा एकीकृत समाजवादी
१. अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी–
१. बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी