विराटनगर । मोरङ–५ (क) बाट नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको थियो ।

रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

168
Shares
६ मंसिर २०७९, मंगलवार २०:५३