विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ ‘क’मा नेपाली कांग्रेसका गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार घिमिरेले ७,०९५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जयप्रकाश चौधरीको ६,४४२ मत छ ।

घिमिरे र चौधरीको मतान्तर ६५३ रहेको छ । राप्रपाका आशनारायण माझी थारुले १,२९६ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा हालसम्म १६९३३ मतगणना भएको छ । गणना भएकोमध्ये ७९३ मत बदर भएको छ ।

21
Shares
६ मंसिर २०७९, मंगलवार १५:४१