नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रले १/१ स्थानमा आग्रता कायम गरेका छन् । क्षेत्र नम्बर १ र २ मा एमाले, ३ र ६ मा कांग्रेस तथा ४ मा माओवादी र ५ मा स्वतन्त्र उम्मेदवार अगाडि रहेका हुन् ।
पछिल्लो मत विवरण अनुसार क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडा अग्रस्थानमा छन् । खतिवडा २,७४१ मतसहित अग्रस्थानमा रहेका हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर लिम्बूले २,०३२ मत पाएका छन् । खतिवडा र लिम्बूको मतान्तर ७०९ रहेको छ ।क्षेत्र नम्बर २ मा झिनो मतान्तरले एमालेका ऋषिकेश पोख्रेल अगाडि छन् । पोख्रेल ३,५३२ मतसहित अगाडि रहँदा कांग्रेसकी सुजाता कोइरालाले ३,५२६ मत पाएकी छन् । पोख्रेल र कोइरालाको मतान्तर ६ रहेको छ ।
क्षेत्र नम्बर ३ मा कांग्रेसका सुनील शर्मा ३,१३२ मतसहित अगाडि छन् । एमालेका भानुभक्त ढकालले १,५७३ मतसहित शर्मालाई पछ्याइरहेका छन् । शर्मा र ढकालको मतान्तर १,५५९ छ ।क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी ७,१७९ मतसहित अग्रस्थानमा छन् । एमालेका विनोद ढकालको ४,९६७ मत छ । मोदी र ढकालको मतान्तर २,२१२ छ ।
क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्रप्रसाद मण्डल ६,०२२ मतसहित अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवकुमार मण्डलको ४,१९० मत छ । उनीहरुको मतान्तर १,८३२ रहेको छ ।
क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइराला ३,५३८ मतसहित अगाडि छन् । एमालेका लालबाबु पण्डितको २,७६८ मत छ । शेखर र लालबाबुको मतान्तर ७७० छ ।