काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा उम्मेदवारी दिएका पाँचजना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएको उक्त क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई थिए ।

थापा २१ हजार ३०२ मत प्राप्त गरी उनी विजयी बनेका हुन् ।

एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् ।
थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उक्त क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

उक्त क्षेत्रबाट पाँचजना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू नवराज थापाले ७, दिनेश चौलागाईंले ६, रोहित डंगोलले ३, रवीन्द्र देव ढकालले २ र महेश्वर केसीले जम्मा १ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवारहरू थर्कबहादुर बस्नेतले १८, शोधन बर्माले १४, श्यामराज भेटवालले १४ र लोसपाका उम्मेदवार भानुकुमार खड्काले १३ मत पाएका छन् ।

56
Shares
६ मंसिर २०७९, मंगलवार १२:३०